+
+

बिदाको दिन सरकारी अस्पतालमा ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १८:३३

१७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ ।

मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ ।

७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

‘… सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?