
१७ भदौ, पोखरा । गण्डकी सरकारका मन्त्री दीपक मनाङेले राजीनामा दिएका छन् ।
सोमबार अपरान्ह मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा पत्र बुझाएका थिए ।
सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए ।
मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले नयाँ मन्त्रालय नसम्हाली राजीनामा पठाएका हुन् ।
मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा दिएकाले केही गर्न नसक्ने बताए ।
मन्त्रीले मुख्यमन्त्रीसमक्ष राजीनामा दिएपछि स्वत: पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।
*यसअघिको समाचारमा भुलवश: मन्त्री मनाङेको राजीनामा स्वीकृत भन्ने उल्लेख भएकाले सच्याइएको छ ।
प्रतिक्रिया 4