+
+

एनआईसी एसिया बैंकको कार्ड डाटा थप सुरक्षित बनाउने भर्सन-४ मा स्तरोन्नति         

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १८:४५

काठमाडौं । एनआईसी एसिया बैंकले कार्डको डाटा सुरक्षा बलियो बनाउन पीसीआई–डीएसएस ३.२.१ बाट भर्सन ४ मा स्तरोन्नति गरेको छ ।

ईएफटी स्विच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भर्सन ३.२.१ बाट पीसीआई–डीएसएस भर्सन ४ मा स्तरोन्नति भएको बैंकले जनाएको छ ।

भर्सन ४ मा स्तरोन्नति भएसँगै बैंकको कार्ड प्रयोग गर्ने ग्राहकको डाटा सुरक्षा थप बलियो हुने विश्वास बैंकले गरेको छ ।

बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्विचमार्फत सञ्चालन गर्दै आएको छ ।

बैंकले भुक्तानी गर्नका लागि डेबिट र क्रेडिट (भिसा र मास्टरकार्ड) छन्, जुन कार्डहरु

बैंकले नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिने गरी डेबिट र क्रेडिट (भिसा र मास्टरकार्ड) कार्डहरू आफ्ना ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । बैंकले अन्य मुलुकमा भुक्तानीका लागि अमेरिकी डलर प्रिपेड कार्ड पनि जारी गरेको छ ।

त्यसैगरी बैंकले एटीएम, पीओएस तथा इकमर्स जस्ता प्लेटफर्ममा भुक्तानी गर्न भिसा र मास्टरकार्ड, चाइना युनियन पे जारी गरेको छ ।

आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्र रूपमा मूल्यांकन गर्न बैंकले पानासिया इन्फोसेक प्रालिलाई नियुक्त गरेको थियो ।

बैंकले ईएफटी स्विच सुरु गरेसँगै बैंकले पीसीआई–डीएसएस भर्सन ३.२.१ प्रमाणपत्र प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?