+
+

कञ्चनपुरमा ५९ लाख बराबरको भन्सार छलीको सामान बरामद

रासस रासस
२०८१ भदौ १७ गते १८:५०

१७ भदौ, धनगढी। कञ्चनपुरमा सशस्त्र प्रहरीले ५९ लाख मूल्य बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले भिमदत्त नगरपालिका–३ को भाँसीमा रहेको आनन्द टोलको सिद्धार्थ इन्जिनीयरिङ्ग अटो वर्कसप पछाडिबाट ५९ लाख १८ हजार २ सय बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।

केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरीले सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

शैलेश्वरी गणका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द र बिओपि जिमुवाका सशस्त्र प्रहरी नायव निरीक्षक भरतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले बेवारिसे अवस्थामा उक्तसामान बरामद गरेको सशस्त्र प्रहरी गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) खगेन्द्रबहादुर चन्दले बताए।

उनकाअनुसार बरामद गरिएको सामानमा ठूलो मात्रमा मोबाईल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्स, कपडा रहेका छन् ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?