+
+

एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजकमा वात्सल्य

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते १८:५७

काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिग (ईडब्लुभीएल)लाई वात्सल्य आईभीएफ सेन्टरले मुख्य प्रायोजन गर्ने भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्यबीच यसबारे सम्झौता भएको हो ।

सम्झौतामा ईडब्लुचीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्नेभी चापागाईं र वात्सल्यका संस्थापक प्रशान्त सुवेदीले हस्ताक्षर गरे । सम्झौता दुई वर्षका लागि भएको आयोजकले जनाएको छ । सम्झौताको रकम भने खुलाइएको छैन ।

सीईओ चापागाईंले लिगको मुख्य प्रायोजकको रुपमा जोडिएकोमा वात्सल्यलाई धन्यवाद दिंदै खुसी व्यक्त गरिन् । वात्सल्यका सुवेदीले नेपाली राष्ट्रिय महिला भलिबल टिमले भलिबमा आशा जगाएकोले अहिले धेरैलाई प्रोत्साहित गरेकाले लिगमा जोडिएको बताए । ‘हामी पनि महिलाकै लागि काम गर्ने भएकाले यस लिगमा सहयोग गर्नुपर्छ भन्ने लागेर हामी जोडिएका हौं,’ उनले भने ।

सुवेदीले ‘अब पालो महिलाको’ भन्ने नाराका साथ लिग हुन लागेकाले जोडिएको बताए ।

नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले भलिबलमा निजी क्षेत्रको साथ र सहयोगले यस खेलको विकासमा सहयोग गर्ने भन्दै वात्सल्यलाई धन्यवाद दिए ।

पहिलो पटक हुन लागेको एभरेस्ट महिला भलिबल लिगमा ६ टोलीको सहभागिता रहनेछ । जसमा गण्डकी थण्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेड छन् । कर्णाली टिमले भने आधिकारिक नाम सार्वजनिक गर्न बाँकी छ । लिग आगामी असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?