+
+

बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती

रासस रासस
२०८१ भदौ १७ गते १९:१७

१७ भदौ, कलैया ।  बारामा ६९ हजार नौ सय ६३ हेक्टर जमिनमध्ये कुल ६२ हजार आठ सय २३ हेक्टर जमिनमा खेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख राजनारायण साहले खेती गरिएको जमिनमध्ये तराईतर्फ ६१ हजार आठ सय २८ हेक्टर र चुरे पहाडतर्फ नौ सय ९५ हेक्टरमा विभिन्न प्रकारका खेतीबाली हुने गरेको बताए ।

कार्यालयका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले कृषियोग्य जमिनमध्ये तराईतर्फ छ हजार छ सय ८२ हेक्टर र चुरे पहाडतर्फ चार सय ५८ सहित सात हजार एक सय ४० हेक्टर जमिन बाँझो रहेको जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?