+
+

खतिवडा तोकिए संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपति

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते २०:२५

१७ भदौ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडाले पाएका छन् ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका हुन् ।

संस्कृत विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम खतिवडाले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन् ।

सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले गत साउन २७ गते राजीनामा दिएका थिए । १ भदौमा प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?