+

पेरिस पारालिम्पिक : पारा पौडी खेलाडी भीम १९औं स्थानमा

२०८१ भदौ  १७ गते २०:३८ २०८१ भदौ १७ गते २०:३८
पेरिस पारालिम्पिक : पारा पौडी खेलाडी भीम १९औं स्थानमा

१७ भदौ, काठमाडौं। नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालिम्पिक २०२४ को एस–९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार १९ औं स्थान हासिल गरेका छन् । उनको स्पर्धामा १९ खेलाडी सहभागी थिए ।

पेरिस ला डिफेन्स एरिनामा हिट नम्बर १ मा प्रतिस्पर्धा गरेका भीमले निर्धारित दूरी ३५.०८ सेकेन्डमा पूरा गरेको नेपाली टोलीका सेफ दि मिसन समेत रहेका राष्ट्रिय पारा पौडी संघ, नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् ।

५० मिटरमा भीमको व्यक्तिगत उत्कृष्ट समय ३५.८४ सेकेन्ड हो । यो समय उनले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा कायम गरेका थिए ।

भीमको प्रतिस्पर्धा संगै पेरिस पारालिम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ । पेरिस पारालिम्पिकमा नेपालबाट २ खेलमा ३ खेलाडी सहभागी थिए ।

तेक्वान्दोकी पलेशा गोवर्धनले के– ४४ महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य जितिन् । तेक्वान्दोकै अर्का खेलाडी भरतसिंह महता के– ४४ क्याटगोरी पुरुष ५८ केजीमुनि पहिलो चरणबाटै बाहिरिए । तेक्वान्दो टोली बुधबार स्वदेश फर्किदै छ ।

पारा पौडी खेलाडी पेरिस पारालिम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय