+

जेभियर, गोल्डेनगेट र ल्यान्डमार्कको विजयी सुरूवात

२०८१ भदौ  १७ गते २०:४३ २०८१ भदौ १७ गते २०:४३
जेभियर, गोल्डेनगेट र ल्यान्डमार्कको विजयी सुरूवात

१७ भदौ, काठमाडौं । प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज, गोल्डेनगेट कलेज र ल्यान्डमार्क एकेडेमीले सोमबार विजयी सुरूवात गरेका छन् ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको समूह ए को खेलमा जेभियरले ब्लु बर्डलाई २८–२३ ले हरायो । जेभियरको लागि पेमा डोमा शेर्पाले १३ अंक जोडिन् ।

सुरुका तीन क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः ८–२, ८–६ र १२–७ को अंक जोड्यो । चौथो तथा अन्तिम क्वाटरमा ब्लु बर्डले ८–० को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।

प्रतियोगिताको सोमबारै भएको समूह बी को खेलमा गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमी विजयी भए ।

गोल्डेनगेटले कान्जिरोवालाई ३८–१३ ले हरायो । गोल्डेनगेटकी सन्ध्या डंगोलले १५ अंक स्कोर गरिन् । पहिलो क्वाटरमा १६–५ को अग्रता लिएको गोल्डेनगेटले अन्तिमसम्म त्यसलाई कायम राख्दै ६–४, ७–२ र ९–२ को प्रदर्शन गर्‍यो ।

ल्यान्डमार्कले ट्रिटन इन्टरनेसनल कलेजलाई ३०–१० ले पराजित गर्‍यो । ल्याण्डमार्ककी साजन खत्रीले १६ अंक जोडिन् ।

पहिलो र दोश्रो क्वाटरमा क्रमशः १४–२ र ८–० ले अगाडि रहेको ल्यान्डमार्क तेश्रोमा ०–६ ले पछि परेको थियो । तर, चौथो क्वाटर ल्यान्डमार्कले ८–२ ले आफ्नो पक्षमा पार्‍यो ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) को आयोजनामा भएको प्रतियोगितामा ७ टिम सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमीफाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल भदौ २२ गते हुनेछ ।

गोल्डेनगेट र ल्यान्डमार्क जेभियर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय