+
+

हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १७ गते २०:४७

१७ भदौ, हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा भएको २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्यामा संलग्न मुख्य आरोपित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाका समीर खान रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए । उनका अनुसार, खानलाई भाग्न सहयोग गरेको आरोपमा यसअघि नै उनकी आमा ५५ वर्षकी सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुनलाई र ससुरा पर्सा वीरगञ्जका ५६ वर्षीया लालबाबु खाँ पठानसहित उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ परिसकेका छन् ।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ । हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गते होटलको कोठा नम्बर २०५ मा फेला परेको थियो । डीएसपी भण्डारीका अनुसार, होटलभित्रै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको थियो । जसमा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएको छ ।

‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं’ उनले एलिसाका भाइसँग ह्वाट्सएपमा लेखेका थिए ।

आरोपित खानले होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका छन् । ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो । मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ’, खान र एलिसाको भाइबीच भएको कुराकानीबारे परिवारले भनेको छ ।

परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही दिन उनको हत्या भएको थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?