+

संयोग र इभानाले एसियाली टेबलटेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

२०८१ भदौ  १८ गते ७:०० २०८१ भदौ १८ गते ७:००
संयोग र इभानाले एसियाली टेबलटेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

१८ भदौ, काठमाडौं ।  एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७ औं संस्करणमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगरले एसियाली च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै छनोट भएका हुन् ।

एसियाली टेबलटेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ ।

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुष र महिलामा १-१ गरी २ खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।

सोही छनोट प्रतियोगिताबाट पुरुष र महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।\

टेबल टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय