+

सरस्वती, निरुता र सुमित्राले पुलिसबाट काभा क्लब च्याम्पियनसिप खेल्ने

२०८१ भदौ  १८ गते ७:२१ २०८१ भदौ १८ गते ७:२१
सरस्वती, निरुता र सुमित्राले पुलिसबाट काभा क्लब च्याम्पियनसिप खेल्ने

१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय मिहला भलिबल टोलीका सदस्यहरु सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीले नेपाल पुलिस क्लबबाट काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्ने भएका छन् ।

पुलिसले यही सेप्टेम्बर दोस्रो साता देखि माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपलाई मध्यनजर गर्दै राष्ट्रिय टिमका तीन खेलाडीलाई अनुबन्ध गरेको हो ।

पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडीले पुलिसबाट खेल्ने पुष्टि गरे ।

घरेलु भलिबलमा सरस्वती र निरुताले एपीएफ तथा सुमित्राले न्युडायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्दै आएका छन् ।

केही समयअघि घरेलु मैदानमा भएको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता हुँदा तीन खेलाडी टिमको सदस्य थिए । मिडल ब्लकर सुमित्राले त्यही च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

पुलिसले घरेलु भलिबलमा च्याम्पियन बन्दै पहिलो पटक काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्न लागेको हो । त्यसका लागि पुलिसले प्रशिक्षण समेथ सुरु गरिसकेको छ ।

पुलिसमा राष्ट्रिय टिमकै उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, शान्तीकला तामाङ छन् भने राष्ट्रिय टिमबाट खेलिसकेकी कामना पुन र मनिषा चौधरी पनि पुलिस टिममा छन् ।

तीन खेलाडी थपिएपछि पुलिसको टिम बलियो बनेको छ । काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ ।

काभा क्लब च्याम्पियन निरुता ठगुन्ना नेपाली भलिबल सरस्वती चौधरी सुमित्रा रेग्मी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय