+

एन्जिलाले पनि युरोपियन लिग खेल्ने

२०८१ भदौ  १८ गते ८:२२ २०८१ भदौ १८ गते ८:२२
एन्जिलाले पनि युरोपियन लिग खेल्ने

१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले पनि युरोपियन लिग खेल्ने भएकी छन् ।

एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले नयाँ सिजनका लागि अनुबन्ध गरेको हो । उनलाई क्लबले २०२४-२५ को सिजनका लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

एक दशकभन्दा बढी समय एपीएफबा६ घरेलु फुटबल खेलेकी एन्जिलाले पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् ।

उनले यसअघि नेपालबाहेक भारत र पाकिस्तानमा फुटबल खेलेकी थिइन् ।

पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकोले खुशी लागेको एन्जिलाले बताइन् ।

‘पहिलो पटक युरोपियन लिगका लागि अनुबन्ध हुँदा उत्सहित छु,’ एञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको युरोपमा खेल्ने सपना हुन्छ । लामो प्रयासपछि यो पूरा हुन लागेको छ ।’

एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् ।

सावित्रा भण्डारीले इजरायली क्लबबाट युरोपियन फुटबलमा इन्ट्री मारेकी थिइन् भने हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् ।

एन्जिलाले यसअघि भारतीय क्लब सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन् । उनले दुवै क्लबमा कप्तानी समेत गरेकी थिइन् ।

पछिल्लो समय नेपालका महिला फुटबल खेलाडीहरु विदेशको लिग खेल्ने क्रम बढेको छ । यसअघि भारतीय लिगमात्र खेल्ने नेपाली खेलाडी अब युरोपसम्म पुगिसकेका छन् ।

नेपाली टोलीकै युवा फरवार्ड रेखा पौडेल हाल यूएईको क्लब अबुधाबी कन्ट्रीबाट खेलिरहेकी छन् । उनले एएपसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा अबुधाबीको लागि दुई गोल गर्दै अन्तिम चरणमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

एन्जिला तुम्बापो सुब्बा नेपाली फुटबलर युरोपियन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय