+
+

मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा ट्रक र कार ठोक्किए

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते ९:४८

१८ भदौ, काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक केहीबेर अघि ठोक्किएका हुन् ।

दुर्घटनामा कार चालक घाइते भएका छन् । उनको अवस्था भने थाहा हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा मानवीय क्षति नभएको र अरु विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ ।

दुर्घटनास्थल धादिङ र चितवनको सिमानामा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?