+
+

आफ्नो फोनमा गुगल स्मार्ट लक फिचर यसरी प्रयोग गर्नुहोस्

एजेन्सी एजेन्सी
२०८१ भदौ १८ गते ११:४८

इन्टरनेटको बढ्दो प्रयोग र स्मार्टफोनहरूको व्यापकता मान्छेहरूका लागि अत्यन्त लाभदायक बन्दै गएको छ ।

आजको समयमा स्मार्टफोनले मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

विश्वको सबैभन्दा ठूलो सर्च इञ्जिन र अग्रणी प्रविधि कम्पनीहरूमध्ये एक, गुगलले प्रायः आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ-नयाँ फिचरहरू ल्याइरहन्छ ।

डिजिटल युगमा, फोनमार्फत अनलाइन भुक्तानी छिट्टै गर्न सकिन्छ । साथै, फोनमा धेरै महत्त्वपूर्ण कागजातहरू र संवेदनशील जानकारीहरू पनि भण्डारण हुन्छन् । त्यसैले, फोनको सुरक्षालाई झनै अत्यावश्यक बनेको छ । यस्तो अवस्थामा, गुगल स्मार्ट लक तपाईंको निकै सहयोगी बन्न सक्छ। आखिर गुगल स्मार्ट लक के हो ? यसले कसरी काम गर्छ र यो कसरी प्रयोग गर्ने ?

फोनमा पासकोडको आवश्यकता पर्दैन

अहिलेसम्म तपाईंले आफ्नो स्मार्टफोनमा फेस अनलक, फिंगरप्रिन्ट, प्याटर्न, र पासवर्डजस्ता लकहरू प्रयोग गर्नुभएको छ । तर, गुगल स्मार्ट लक चाहिं ती सेक्योरिटी टूल्स भन्दापनि राम्रो मानिन्छ । यसको प्रयोग पश्चात् तपाईंको फोनमा कुनै पनि बाह्य व्यक्तिले अनधिकृत रूपमा पहुँच प्राप्त गर्न सक्दैन ।

गुगलले एन्ड्रोइड फोनहरूमा गुगल स्मार्ट लक फिचर उपलब्ध गराएको छ, जसबाट प्रयोगकर्ताले आफ्नो डिभाइसलाई सुरक्षित बनाउनुका साथै छिटो र सजिलैसँग लक तथा अनलक गर्न सक्दछन् ।

यस फिचरको प्रयोगबाट प्रयोगकर्ताहरूले फोनमा कुनै पनि पासकोड नहाली सजिलै खोल्न सक्छन् । यदि फोन घरमा नै छाडेर तपाईं बाहिर जानुभएको छ भनेपनि यो फिचरको प्रयोग गर्न सकिन्छ। यसले फोनलाई धेरै छिटो अनलक गर्न मद्दत गर्छ।

गुगलको स्मार्ट लक फिचर

गूगल स्मार्ट लकमा अन-बडी डिटेक्सन फिचर समावेश छ। यस फिचरको माध्यमबाट यदि प्रयोगकर्ताहरूले फोनलाई झोला वा खल्तीमा राख्नुअघि एकपटक पिन वा पासकोड हाल्छन् भने, झोला वा खल्तीबाट फोन निकालिसकेपछि पुनः पिन हाल्नु पर्ने आवश्यकता हुँदैन ।

गुगल स्मार्ट लकले ट्रस्टेड लोकेशनको सुविधा पनि प्रदान गर्दछ । यस फिचरको प्रयोगले फोनमा बारम्बार पिन वा पासकोड हाल्नु पर्ने आवश्यकता हुँदैन । तर, केही स्थानहरू सेट गर्नुपर्छ, जस्तैः तपाईंको घरको ठेगाना र अफिस। जब तपाईं यी स्थानहरूमा हुनुहुन्छ भने फोन अनलक गर्नका लागि पिन हाल्न आवश्यक पर्ने छैन । साथै यसमा ट्रस्टेड डिभाइसको सुविधा पनि समावेश छ । जसअन्तर्गत यदि फोनलाई कुनै विश्वसनीय डिभाइससँग कनेक्ट गरिएको छ भने पनि फोनमा पिन हाल्नु पर्ने आवश्यकता रहँदैन ।

एन्ड्रोइड फोनमा गुगल स्मार्ट लक कसरी प्रयोग गर्ने ?

– सबैभन्दा पहिले, आफ्नो डिभाइसको सेटिंग्समा जानुहोस्।
– त्यसपछि ‘सिक्योरिटी र प्राइभेसी’ विकल्पमा क्लिक गर्नुहोस्।
– त्यसपछि ‘स्मार्ट लक’ विकल्प छान्नुहोस्। केही डिभाइसहरूमा यसलाई Extend Lock भनेर पनि देखिन सक्छ।

– त्यसपछि, आफ्नो फोनको पासकोड हाल्नुहोस् वा प्याटर्न लक प्रयोग गर्नुहोस्।
– यसो गरेपछि, ट्रस्टेड डिभाइस, ट्रस्टेड प्लेस र अन-बडी डिटेक्सन जस्ता थुप्रै विकल्पहरू देखा पर्नेछन् ।

– यी मध्ये कुनै एक विकल्प चयन गरी दिएको निर्देशनहरू पालना गर्नुहोस् ।

– यसो गरेपछि, तपाईंको डिभाइसमा स्मार्ट लक फिचर सक्रिय हुनेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?