+

चितवन शक्तिको लोगो सार्वजनिक

२०८१ भदौ  १८ गते १२:०५ २०८१ भदौ १८ गते १२:०५
चितवन शक्तिको लोगो सार्वजनिक

१८ भदौ, काठमाडौं । असोजको दोस्रो साताबाट सुरु हुने पहिलो सिजनको एभरेष्ट वुमन्स भलिबल लिग(एडब्ल्युभीएल)टोली चितवन शक्तिले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

निम्बुस ग्रुपको स्वामित्वमा रहेको चिवत शक्तिले सोमबार आफ्नो लोगो सार्वजनिक गरेको हो ।

यस टिमको प्रमुख प्रशिक्षकमा अर्जुन घिमिरे रहेका छन् ।

त्रिपुरेश्वस्थित दशरथ रंगशाला कर्भड हलमा हुने प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने छन् ।

यस टिमको मार्की प्लेअरको रुपमा नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा शाही रहेकी छिन् ।

चितवन शक्तिको टिम

अरुणा शाही, सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल ।

चितवन चितवन शक्ति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय