+
+

रेग्मी बने पर्यटन विभागको महानिर्देशक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १२:२६

१८ भदौ, काठमाडौं । सहसचिव नारायणप्रसाद रेग्मीले पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगतको विभागको महानिर्देशकमा रेग्मी नियुक्त भएका हुन् । यसअघि महानिर्देशक रुद्रप्रसाद पण्डितको राष्ट्रिय योजना आयोगमा सरुवा भएका थिए । मन्त्रालयले रिक्त स्थानमा रेग्मीलाई पठाएको हो ।

महानिर्देशक रेग्मी विगतमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका मन्त्रालयमा काम गरिसकेका सहसचिव हुन् ।

३१ साउनको मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासनमाट उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएर आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?