+
+

मातृत्व सेलिब्रेट गर्ने दीपिकाको ‘प्रेगनेन्सी फोटोसुट’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १२:३८

काठमाडौं । बलिउडको ‘पावर कपल’ रणवीर सिंह र दीपिका पादुकोण चाँडै आमाबुवा बन्दैछन् । बुधबार बेलुका दीपिकाले गर्भावस्थाको फोटोसुट गरेकी छन् ।

पति रणवीर सिंहसँग दीपिकाको उक्त प्रेगनेन्सी फोटोसुटमा दुवै सुन्दर र आकर्षक देखिएका छन् । आफ्नो सुन्दर केमेस्ट्रीसहित उनमा गर्भावस्थाको चमक देखिएको छ । उनको प्राकृतिक सौन्दर्य निखारिएको देख्न सकिन्छ ।

तस्वीरमा उनी स्टाइलिस र ग्रेसफुल देखिन्छिन् । बलिउड हंगामाले उनको यो फोटोसुटलाई ‘मेटर्निटी फोटोसुट’को लागि ‘ट्रेन्डसेटर’ बताएको छ । फोटोसुटमा रणवीरलाई देख्दा लाग्छ उनी पिताको रुपमा जिम्मेवारी सम्हाल्न आतुर छन् ।

यी तस्वीरले फ्यानमा उत्साह पैदा गरेको छ । रणवीर र दीपिकाको सन्तानको आगमन बलिउडको सबैभन्दा प्रतीक्षित क्षणमध्ये एक हो । एकातिर यो जोडी अभिभावक बन्ने खुसीमा डुबेको छ भने अर्कोतर्फ उनीहरुको पोस्टलाई लिएर सामाजिक सञ्जालमा धेरै माया र शुभकामनाको वर्षा हुन थालेको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?