+

गण्डकी थन्डर्सको लोगो सार्वजनिक

२०८१ भदौ  १८ गते १२:३१ २०८१ भदौ १८ गते १२:३१
गण्डकी थन्डर्सको लोगो सार्वजनिक

१९ भदौ, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । गण्डकीले सोमबार आफ्नो सामाजिक संजाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो ।

गण्डकीले छिटै आफ्नो विदेशी खेलाडी पनि सार्वजनिक गर्ने टिमका निर्देशक विकास खेतानले जानकारी दिए ।

इडब्लुभिएल आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ ।  नेपाली राष्ट्रिय टिमकी स्पाइकर सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले नेपाली खेलाडीहरुको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

गण्डकीमा राष्ट्रिय टिमका खेलाडी कविता भट्ट र प्रगति नाथ रहेकी छन् । त्यस्तै राष्ट्रिय टिमबाट खेलिसकेकी लक्ष्मी चन्द र रिमा कुवर छन् । टिमम आरती चौधरी श्नेहा ठगुन्ना र सरस्वती जैशी रहेका छन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

इडब्लुभीएल गण्डकी थन्डर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय