+
+

सरकारलाई संसदीय समितिको आग्रह : राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त पालना गर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १२:४८

१८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ सम्झाउँदै सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तमा ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

मन्त्रिपरिषदले राजदूत नियुक्ति सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई बेवास्ता गरेको भन्दै प्रश्न उठ्दै आइरहेको छ ।

समितिले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको विषयमा मन्त्री देउवा र परराष्ट्र सचिव सेवा लम्सालसँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?