+
+

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १३:१४

१८ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा द्विपक्षीय हितबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो ।

छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गनुपर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

द्धिपक्षीय भेटघाटका क्रममा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?