+
+

एउटै मञ्चमा दीपक र जितु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १३:४३

काठमाडौं । दीपकराज गिरी र जितु नेपालले लामै समय फिल्ममा सहकार्य गरे । पछिल्लो पटक ‘छक्कापञ्जा’को तेस्रो श्रृंखलामा यी दुई एकसाथ देखिएका थिए ।

त्यसयता यी दुईजना फिल्म त के, एउटै फ्रेममा पनि देखिएका थिएनन् । दशैंको फूलपातीमा दीपक र जितु अभिनित दुई अलग फिल्महरु बक्स अफिसमा आमनेसामने हुँदैछन् ।

यी दुई कलाकारको फिल्म एकआपसमा भिड्ने भएपछि यसलाई लिएर चासो पनि बढेको छ । लामै समय एकसाथ नदेखिएका दीपक र जितु बुधबार एउटै मञ्चमा देखिए । एकअर्कालाई मिठाई पनि खुवाए ।

उनीहरुलाई एउटै ठाउँमा ल्याउने मेसो चाहिं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिलाएका थिए । बोर्डका नवनियुक्त अध्यक्ष डिसीलाई बधाई मञ्चमा दीपक, केदार घिमिरे र जितु उक्लिएका थिए ।

डिसीसँग दीपक र जितुले अघिल्ला फिल्महरुमा सहकार्य गरिसकेका छन् । जितुको टिभी शो ‘मुन्द्रेको कमेडी क्लब’को निर्देशन डिसीले नै गरेका थिए । दीपक र जितु अभिनित फिल्म ‘६ एकान ६’ को निर्देशन डीसीले नै गरेका थिए ।

पछिल्लो समय भिन्न फिल्म र त्यो पनि एउटै मितिमा जुध्ने तयारी गरिरहेका कलाकार एकसाथ देखिएपछि यसले कौतुहलता बढाएको छ । सामाजिक सञ्जालमा कतिपयले यी दुई पुनः मिल्न सक्ने अड्कलबाजी पनि काटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?