+

अनुशा बास्केटबल टिमको नयाँ कप्तान

२०८१ भदौ  १८ गते १४:१८ २०८१ भदौ १८ गते १४:१८
अनुशा बास्केटबल टिमको नयाँ कप्तान

१८ भदौ, काठमाडौं । नेपाली महिला बास्केटबलको नयाँ कप्तानमा अनुशा मल्ल ठकुरी नियुक्त भएकी छन् । नेपाल बास्केटबल संघ (नेबा) ले यही सेप्टेम्बरमा भुटानमा हुने ट्राई नेसन्स महिला बास्केटबल प्रतियोगिताको लागि अनुशालाई कप्तान चयन गरेको हो ।

नेबाले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत अनुशालाई कप्तान नियुक्त गरिएको जनाएको छ । नेबाका अध्यक्ष भीमसिंह गुरुङले हाल टोलीमा रहेका खेलाडीमध्ये अनुभवी अनुशालाई नेतृत्वको जिम्मेवारी दिएको बताए ।

करिब एक दशकदेखि नेपाली टिममा रहेकी अनुशा मल्ल अहिले टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । सन्२०१२ देखि नेपालको लागि खेल्न थालेकी अनुशाले दुई पटक साबा बास्केटबलमा रजत जितेकी छन् ।

यस्तै २०१९ मा भएको १३औं सागमा नेपालले रजत जित्दा उनी टिमको सदस्य थिइन् । अनुशाले यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालको थ्री बाई थ्री टिमको कप्तानी गरेकी थिइन् ।

यसअघि उनी राष्ट्रिय टिमकी उपकप्तान समेत थिइन् । पहिलो पटक फुल कोर्टको टिमको कप्तानी सम्हान लागेकी अनुशाले त्यो जिम्मेवारी राम्रो पूरा गर्न प्रयास गर्ने बताइन् । ‘मेरो कप्तानीमा जिम्मेवारी धेरै छ । टिमलाई लिड गर्ने देखि अन दी कोर्ट र अफ द कोर्ट लिड गर्नुपर्छ’, उनले भनिन्, ‘राम्रो लिडर भएर देखाउन सक्दो प्रयास गर्नेछु र टिमवर्कको रुपमा राम्रो नतिजा ल्याउने आशा छ ।’

नेपाल, भुटान र बंगालदेश सम्मिलित ट्राई नेसन्स कप बास्केटबल यही सेप्टेम्बर २५ देखि सुरु हुनेछ । जहाँ नेपालले उपाधि जित्ने लष्य राखेको छ ।

अनुशा मल्ल ठकुरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय