+
+

सिड्नीमा बद्री पंगेनी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १४:२२

सिड्नी । लोक तथा दोहोरी गायक बद्री पंगेनीलाई अस्ट्रेलियामा सम्मान गरिएको छ । सिड्नीको ग्रयानभिलस्थिथ फ्लेभर्स अफ नेपालले नेपाली लोक संगीतमा विशेष योगदान दिएवापत पंगेनीलाई सम्मान गरेको हो ।

गायक पंगेनी कार्यक्रमको सिलसिलामा तीन सातादेखि अस्ट्रेलियामा छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ ओसनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलले बद्री पंगेनी जस्ता स्थापित लोक गायकको भ्रमणले प्रवासमा रहेका दोस्रो पुस्ताले नेपाली लोक संगीतबारे केही सिक्न पाएको बताए ।

गायक पंगेनीले पहिले भन्दा यस पटक अस्ट्रेलियामा आफूले झनै माया र साथ पाएको बताए । ‘सांगीतिक भ्रमणको समयमा मलाई सम्झिएर सम्मान गरिदिनुभएकोमा फ्लेभर्स अफ नेपाल लगाएत अष्ट्रेलियामा रहनु हुने सबैमा धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

आयोजक फ्लेभर्स अफ नेपालका प्रमुख राजेश केसीले भने, ‘नेपाल छँदा बद्री पंगेनीको गीतमा रमाउने हामीले आज प्रवासमा उहाँलाई सम्मान गर्न पाएकोमा गर्व महसुस गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?