+
+

चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १५:४२

१८ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को नयाँ डीन नियुक्तिको प्रक्रियासुरु गरेको छ ।

त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्ति सिफारिसका लागि गठन गरेको समितिले सोमबार एक सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिहरूलाई ७ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिन आह्वान गरेको छ ।

त्रिवि कार्यकारी परिषद्ले गत साउन ३२ मा प्राध्यापक डा. कृष्णकुमार (केके) ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो ।

समितिका अन्य सदस्यहरूमा प्राध्यापक डा. सुवासप्रसाद आचार्य र प्राध्यापक डा. योगेन्द्रमान शाक्य रहेका छन् । यो समितिले आईओएमको नयाँ डीन नियुक्तिका लागि उम्मेदवारहरूको मूल्यांकन र सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।

हाल आईओएममा डीनको पदमा प्राध्यापक डा. दिव्या सिंह शाह कार्यरत छिन् । उनको चार वर्षे कार्यकाल गत असार ३ मा समाप्त भएको थियो । तर, नयाँ नियुक्ति नभएसम्म उनलाई नै कार्यवाहक डीनको रूपमा काम गर्न निर्देशन दिइएको छ । यसले संस्थानको दैनिक कार्यसञ्चालनमा निरन्तरता दिएको छ ।

सोमबार जारी गरिएको सूचना अनुसार, इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातहरू सहित आफ्नो आवेदन ष्यmमभबलकभभिअतष्यल२तग।भमग।लउ मा पठाउनुपर्नेछ ।

समितिले प्राप्त आशयपत्रहरूको मूल्यांकन गरी ५ जना उम्मेदवारहरूलाई छोटो सूचीमा राख्नेछ । छोटो सूचीमा परेका उम्मेदवारमध्येबाट ३ जनाको नाम वर्णानुक्रम अनुसार त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरिनेछ ।

त्रिवि कार्यकारी परिषदले सिफारिस गरिएका ३ जना उम्मेदवारहरू मध्येबाट एक जनालाई डीन पदमा नियुक्त गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?