+
+

यस्तो बन्दैछ नेप्सेको आँगनमा १० फिट अग्लो साँढेको मूर्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १४:५९

१८ भदौ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको आँगनमा १० फिट अग्लो साँढे (बुल) को मूर्ति बनिरहेको छ ।

तामा र पित्तल धातु मिश्रित ढलोटमार्फत बुलको मूर्ति निर्माण भइरहेको नेप्सेले जनाएको छ । विश्वका अन्य स्टक मार्केटअगाडि पनि बुलको मूर्ति राख्ने चलन छ । बुलले बढ्दो बजारको संकेत गर्छ, लगानीकर्ताले बुल मन पराउँछन् ।

अल्पकालीन अवधिमा बजार घटे पनि दीर्घकालीन रूपमा बढ्ने प्रवृत्ति हुने भएकाले विश्वका बजारमा बुलको प्रतीक राख्ने गरिन्छ ।

बुल प्रतिक निर्माणकै क्रममा छ, सम्भवतः दसैंसम्म तयार हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

उनका अनुसार यो बुलको प्रतीक १० फिट अग्लो र १२ फिट लम्बाइको छ भने तौल करिब १ टनको हुनेछ । भूकम्पपछि पुनर्निर्माणकै प्याकेजअन्तर्गत नेप्से परिसर सौन्दर्यकरण कार्यक्रमअन्तर्गत परिसरमा बगैँचा, साँढेको मूर्ति राख्नेगरी कार्य भइरहेको उनले बताए ।

नेप्से परिसर सौन्दर्यकरणअन्तर्गत १ करोड ४८ लाख रुपैयाँको योजना रहेको र त्यसैअन्तर्गत यो बुलको प्रतिक बनाइरहेको पराजुलीले बताए । चालु आर्थिक वर्षभित्र सौन्दर्यकरणको काम पूरा हुने र बुलको प्रतीक पनि तयार हुने उनले बताए ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?