+

पलेशालाई भोलि नगर परिक्रमा गराइने

२०८१ भदौ  १८ गते १४:५८ २०८१ भदौ १८ गते १४:५८
पलेशालाई भोलि नगर परिक्रमा गराइने

१८ भदौ, काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत मलिा ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । पदक विजेता पलोशा भोलि काठमाडौं आइपुग्दै छिन् ।

उनीसहित नेपाली टोलीलाई नगर परिक्रमासहित स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपका अनुसार भोलि बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । गौशला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर सकिनेछ ।

तेक्वान्दो खेलाडी नगर परिक्रमा पलेशा गोवर्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय