
काठमाडौं । ब्रिटिस काउन्सिलले आईईएलटीएस परीक्षा सबैका लागि थप सरल र सहज गराउने उद्देश्यले परीक्षा शुल्कमा छुट दिन थालेको छ ।
ब्रिटिस काउन्सिलले पाँच दिनका लागि आईईएलटीएस परीक्षा शुल्कमा ३ हजार रुपैयाँ छुट दिन थालेको हो ।
पाँच दिनसम्म दिइएको छुट अफरको नाम काउन्सिलले ‘सुपर सेभिङ अन आईईएलटीएस’ दिएको छ । यो अफर ५ सेप्टेम्बर (२० भदौ) सम्म जारी रहने काउन्सिलले जनाएको छ ।
‘आईईएलटीएस बजार प्रतिस्पर्धी छ,’ ब्रिटिस काउन्सिलकी परीक्षा निर्देशक प्रतिष्ठा थापाले अनलाइनखबरसँग भनिन्, ‘आईईएलटीएसकमा सबैको पहुँच होस् र शुल्क सरल होस् भन्ने हाम्रो उद्देश्य हो ।’
काउन्सिलकी परीक्षा बजारीकरण प्रबन्धक जुलेन प्रधानले विद्यार्थी, व्यावसायिक व्यक्ति, आप्रवासी लगायतलाई आईईएलटीएस परीक्षा थप सहज बनाउन अफर ल्याएको बताइन् ।
उनका अनुसार ब्रिटिस काउन्सिलले ‘आईईएलटीएस रेडी प्रिमियम’ भन्ने सुविधा पनि उपलब्ध गराएको छ । जस अन्तर्गत ४० वटा प्राक्टिस टेस्ट, मोडेल एन्सर तथा आईईएलटीएस विज्ञबाट सुझाव तथा प्रतिक्रिया प्राप्त हुनेछ ।
निःशुल्क प्राप्त हुने आईईएलटीएस तयारी सामग्रीले आईईएलटीएस यात्राका सुरुवातकर्तालाई निकै नै फाइदा पुग्ने काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया 4