+

राष्ट्रिय महिला लिग : कर्णालीबिरुद्ध चन्द्रपुर बराबरीमा रोकियो

२०८१ भदौ  १८ गते १५:१४ २०८१ भदौ १८ गते १५:१४
राष्ट्रिय महिला लिग : कर्णालीबिरुद्ध चन्द्रपुर बराबरीमा रोकियो

१८ भदौ, काठमाडौं । राष्ट्रिय महिला लिग २०८१ को तेस्रो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ बराबरीमा खेल सकेका छन् ।

पहिलो हाफको ७ औं मिनेटमा कर्णालीकी सुनकला राईको गोलबाट कर्णालीले अग्रता बनाएको हो ।

त्यस्तै पहिलो हाफको थप गरिएको समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी हुन् ।

दोस्रो हाफमा दुवै टिमले गोल गर्ने अवसर सिर्जना गरेपनि गो भने गर्न सकेनन् ।

आजको दोस्रो खेल विभागीय डर्बी नेपाल पुलिस क्लब र एपिएफ क्लबबिचको खेल आज दिउँसो ४:१५ मा सुरु हुनेछ ।

राष्ट्रिय महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय