+
+

प्रत्यारोपण केन्द्रलाई जग्गा दिन राजेन्द्र लिङ्देनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १५:३२

१८ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका लिङ्देनले प्रत्यारोपण केन्द्रले निकै राम्रो काम गरिरहेको बताए ।

सरकारले जग्गा उपलब्ध गराउने हो भने ६ महिनामा ३०० बेडको संरचना बनाउने र अहिले दिइराखेको सेवामा उल्लेख्य वृद्धि हुने केन्द्रको दाबी रहेको उनले सुनाए ।

त्यही नजिकै जग्गा छ भक्तपुर इँटा टायल कारखानाको जग्गा समेत रहेको भन्दै लिङ्देनले भने, ‘यो संवेदना सबभन्दा बढी प्रधानमन्त्रीमा हुनुपर्छ । किनकी उहाँ अंग प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ । अरुको संवेदनालाई बुझेर कुनै तर्क नगरी प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन आग्रह गर्दैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?