
काठमाडौं । फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी आउँदो शनिबार नेपाल आउने भएका छन् । आउँदो आइतबार फिल्मको प्रिमियर समारोह आयोजना गरिएको छ ।
निर्देशक तथा निर्माता मीनबहादुर भामका अनुसार यी दुई भारतीय कलाकारले फिल्म समेत हेर्नेछन् । अभिनेता सिद्दिकीले बर्लिनमै फिल्म हेरिसकेको र ठूलो पर्दामा हेर्ने इच्छा जनाएका निर्देशक भामले बताए ।
केही महिनाअघि नै कश्यप र सिद्दिकी नेपाल आउने बताइएपनि सोमबार मात्र आउने मिति तय भएको हो ।
‘शाम्बाला’ भदौ २८ देखि नेपालमा प्रदर्शन हुँदैछ । ‘शाम्बाला’ बर्लिन र लोकार्नो फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4