+
+

दीपक रौनियार निर्देशित ‘पूजा, सर’ बुसान फिल्म फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १७:०१

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ दक्षिण कोरियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । बुसानले मंगलबार सार्वजनिक गरेको सूची अनुसार यो फिल्म ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा छनोट भएको हो ।

गत साता इटालीको भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको ‘पूजा, सर’ बुसानमा एसिया प्रिमियर हुन लागेको हो ।

सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा फिल्ममा चित्रण छ । यो सोसल ड्रामा तथा एक्सन फिल्ममा आशा मगरातीको शीर्ष भूमिका छ ।

फिल्ममा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, पुष्पा यादव, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय छ ।

‘हाइवे’ र ‘ह्वाइट सन्’पछि निर्देशक रौनियारको यो तेस्रो कथानक फिल्म हो ।

दक्षिण कोरियाको बुसान सहरमा आगामी अक्टोबर २ देखि ११ सम्म ‘बुसान फिल्म फेस्टिभल’को २९ औं संस्करण आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?