+
+

एमाले पोलिटब्यूरो सदस्यलाई बैठकमा बोल्न ३ मिनेटको समय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १७:०३

१८ भदौ, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा सबै नेतालाई आफ्नो कुरा राख्न ३ मिनेटको समय दिइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सम्बोधन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि सबै पोलिटब्यूरो सदस्यलाई समय दिइएको हो ।

‘सबैले आफ्नो कुरा राख्न पाउँछन् । तर ३ मिनेटको समय दिइएको छ’ पार्टी सचिव योगेश भट्टराईले भने। उनका अनुसार ३ मिनेटको समयभित्र नछुटेको विषय लिखित रुपमा राख्न नेताहरुलाई भनिएको छ ।

पोलिटब्यूरोका सबै नेताले आफ्नो कुरा राखेपछि महासचिव पोखरेलले कार्य योजनामाथि जवाफ दिनेछन् । यसपछि अध्यक्ष ओलीले सम्बोधन गरेर पोलिटब्यूरो बैठक सक्ने योजना छ ।

प्रदेश अध्यक्षहरुलाई पदेन पोलिटब्यूरोको हैसियतबाट केन्द्रीय समितिको पदेन बनाइएपछि अब एमालेको पोलिटब्यूरोमा ९१ जना छन् । त्यसमध्ये १८ जना पदाधिकारी र २२ जना स्थायी समिति सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?