+
+

मेहरमान लाबुङ र हर्कजंग कुरुम्बाङलाई कियाचु रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १९:०३

१८ भदौ, ललितपुर। यसबर्षको कियाचु रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार “तङसिङ मुन्धुम”का संकलक तथा सम्पादकद्वय मेहरमान लाबुङ र हर्कजंग कुरुम्बाङलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ (किचायु)को ३६औं स्थापना दिवसको अवसरमा सम्पादकद्वय लाबुङ र कुरुम्बाङलाई संयुक्त रुपमा प्रदान गरिएको हो । उक्त पुरस्कार राशि चुम्लुङका पुर्व अध्यक्ष स्वर्गीय मन्जुलकुमार सिंह याक्थुङवाले स्थापित गरिएको हो ।

सो पुरस्कारको राशी १ लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ (बैरागी काइला)ले धर्मले मानिसलाई विभाजन गरे पनि संस्कृतिले भने जोड्ने बताए । उनले मुन्धम लिम्बू जातिको महत्वपूर्ण सांस्कृतिक एवम् सामाजिक दस्तावेज भएको बताउँदै पछिल्लो साढे ३ दशकमा मुन्धुमलाई दस्तावेजीकरण गर्ने सवालमा निकै उपलव्धिमूलक काम भएको बताए ।

किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेनले पवित्र मुन्धुमी स्थल मुक्कुमलुङ(पाथीभरा क्षेत्र)मा जबरजस्ती निर्माण गर्न खोजिएको केवुलकार तुरुन्त खारेज गर्न माग गरे । अध्यक्ष यक्तेनले साविक प्रदेश नं.१ लाई पंचायती शैलीमा कोशी नामाकरण गरिएको बताउदै कोशी नाम खारेज गरि ऐतिहासिक भुगोल, सभ्यता र पहिचानको आधारमा नामांकन नगरिएसम्म आन्दोलन जारी राख्ने उद्घोष समेत गरे ।

किरात याक्थुङ चुम्लुङ स्थापना दिवसको अवसरमा आयोजित ५ दिने कार्यक्रमको पहिलो दिन गत भाद्र १३ गते साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार तथा मुन्धुम स्वर्णिम साँझ आयोजना गरिएको थियो । यसै वर्षदेखि वितरण गर्न सुरु गरिएको साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार लिम्बू भाषाको गीत गायन, संगीत र शब्द लेखनमा विशेष योगदान पुर्याउनुभएका भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकले प्राप्त गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन साविक १ नम्बर प्रदेशलाई कोशी नामांकन गरिएकोमा त्यसको खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार गोष्ठी र तेस्रो दिन भाद्र १५ गते मुन्धुमी स्थल मुक्कुम्लुङमा “नो केवलकार” शीर्षकको कला प्रर्दशनीसंगै “कलामा आदिवासी प्रतिरोध” विषयमा अन्तरक्रिया आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?