+
+

नेपाली बजारमा भित्रियो सामसङ ग्यालेक्सी ए०६

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १९:१०

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए०६ भित्रिएको छ । सामसङको ए शृङ्खला अन्तर्गतको ग्यालेक्सी ए०६ ले नेपाली प्रयोगकर्तालाई बेस्ट अनुभूति दिने विश्वास कम्पनीको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ । डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर रहेको छ । जसले स्पष्ट र डिलेट भएका फोटोहरू खिच्ने सुनिश्चित छ र उत्कृष्ट सेल्फीका लागि ८ एमपी फ्रन्ट क्यामेरा छ ।

यस फोनमा ६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन रहेको छ भने यसले माइक्रो एसडी मार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए०६ मिडिया टेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङका लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । यस फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता र २५ वाट तीव्र चार्जिङ फिचर रहेको कम्पनीले जनाएको छ ।

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी ए०६ को ४/६४ जीबी भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ तोकिएका छ भने ४/१२८ जीबी भेरियन्टको १७ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

यसैगरी ६/१२८ जीबी भेरियन्टको १९ हजार ४९९ रुपैयाँ तोकिएको छ । यो फोन खरिदमा २५ वाटको सामसङ एड्याप्टर निःशुल्क उपलब्ध हुने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी ए०६ खरिद गर्न चाहने ग्राहकलाई इन्स्टा फाइनान्सले शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?