+
+

जनआन्दोलन भए अग्रपङ्तिमा हामी हुनेछौं : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १९:१०

१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनआक्रोश बढ्दै जाँदा हुने आन्दोलनको अग्रपङ्तिमा आफ्नो दल हुने बताएका छन् ।

रास्वपाको कोशी प्रदेश भेलालाई मंगलबार इटहरीमा सम्बोधन गर्दै लामिछानेले पुराना दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः आन्दोलन हुने बताए । दलका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार नजिकबाट नियालिरहेको लामिछानेले बताए ।

लामिछानेले आफ्नो दलप्रति नागरिकको विश्वास बढिरहेको दाबी समेत गरे । रास्वपाप्रति नागरिकले देखाएको विश्वासमा पुष्टि आउने चुनावमा हुने उनले बताए । ‘रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाएका छन् । अनि, उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन् । यो विरोधाभास भयो’, उनले भने ।

विस्तारित बैठकमा उपसभापति डीपी अर्यालले संगठन विस्तारमा रास्वपा लागेको बताए । स्थानीय तहको भ्रष्टाचारबारे आवाज उनले पार्टी सदस्यलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?