+

गोल्डेनगेट र ल्यान्डमार्कको लगातार दोस्रो जित

२०८१ भदौ  १८ गते १९:३४ २०८१ भदौ १८ गते १९:३४
गोल्डेनगेट र ल्यान्डमार्कको लगातार दोस्रो जित

१८ चैत, काठमाडौं। गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा मंगलबार लगातार दोश्रो जित हात पारेका छन् ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगिताको समूह बी को खेलमा गोल्डेनगेटले ट्रिटन इन्टरनेसनल कलेजलाई ४६–१८ ले सहजै पराजित गर्‍यो ।

सुरुका तीन क्वाटरमा गोल्डेनगेटले ११–०, १४–० र १०–४ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेट ११–१४ ले पछि परेपनि जितलाई असर परेन । गोल्डेनगेटकी आयुशा महर्जनले १३ अंक जोडिन् ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा समूह बी कै अर्को खेलमा ल्यान्डमार्क एकेडेमीले कान्जिरोवामाथि २८–२५ को कठिन जित निकालेको हो ।
ल्यान्डमार्कले पहिलो क्वाटरमा ६–२, दोश्रोमा २–११, तेश्रोमा १५–१ र चौथोमा ५–११ अंक जोड्यो। ल्यान्डमार्ककी मिका केसीले १६ अंक जोडिन् ।

यस्तै समूह ए को खेलमा रातो बंगलाले ब्लु बर्डलाई २३–७ ले हरायो। रातो बंगलाकी समृद्धि शाहले १० स्कोर गरिन् । चारै क्वाटरमा अग्रता लिएको रातो बंगलाले क्रमशः ४–१, ९–४, ६–० र ४–२ को प्रदर्शन गर्‍यो।

गोल्डेनगेट ल्यान्डमार्क
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय