+

लामाचौर कप भलिबल : महिलातर्फ एपीएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ पुलिस र एपीएफ विजयी

२०८१ भदौ  १८ गते १९:५६ २०८१ भदौ १८ गते १९:५६
लामाचौर कप भलिबल : महिलातर्फ एपीएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ पुलिस र एपीएफ विजयी

१८ भदौ, पोखरा। पोखराको लामाचौरमा मंगलबार सुरु लामाचौर राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लब तथा पुरुषतर्फ नेपाल पुलिस क्लब र एपीएफ विजयी भएका छन् ।

नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा सुरु महिलातर्फ प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण भइरहेको छ ।

महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । एपीएफले गण्डकीलाई २५–१४, २५–१४, २४-२६, २५– १३ ले पराजित गर्‍यो ।

दोस्रो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमण्डले एभरेष्टलाई २५–१४, २५–१२, २५–१७ ले हरायो ।

पुरुषतर्फको पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–१ को सेटमा पराजित गर्‍यो । एपीएफले गलकोटलाई २५–१७, २५–२७, २५–१६, २६–२४ ले हराउँदै पहिलो जित निकालेको हो ।

मंगलबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा हरायो । पुलिसले गण्डकीलाई २५–१७, २५–२१,३०–२८ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिला र पुरुष दुवैमा समान ४ टिम सहभागि छन् । राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपीएफ क्लब सहभागि छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपीएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लबको सहभागिता छ ।

प्रतियोगिता अन्तर्गत बुधबार महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोर्टस र गण्डकी प्रदेश तथा एपीएफ क्लब र एभरेष्ट भलिबल क्लबबीच खेल हुनेछ । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वाइरी गलकोट तथा गण्डकी प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ ।

भदौ २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको महिला र पुरुषतर्फ दुवैको विजेताले नगद १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ तथा तेस्रो हुनेले ५० हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विद्यागततर्फ उत्कृष्ठ हुनेलाई समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

 

एपीएफ लामाचौर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय