+

राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुनुपर्छः मन्त्री चौधरी

२०८१ भदौ  १८ गते १९:३१ २०८१ भदौ १८ गते १९:३१
राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुनुपर्छः मन्त्री चौधरी

१८ भदौ, बोदेबरसाइन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुन जरुरी रहेको बताएका छन् ।

नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइनले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठासमेत बढाउने भएकाले यस क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।

मन्त्री चौधरीले खेलाडीलाई अवसर, सेवासुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएकाले खेलकुद क्षेत्रमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए ।

नेपालमा क्रिकेट रङ्गशालाको अभावलगायत समस्या भए पनि खेलाडीको मेहनत, नेपाल क्रिकेट सङ्घको योगदान, खेलप्रेमीको मायाले खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित भएको भन्नुहुँदै उहाँले अब खेलाडीलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधारको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

‘सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित छन्, खेलाडीहरू राष्ट्रका गहना हुन् तर हामीले सुविधा र भौतिक पूर्वाधार दिन सकेका छैनौँ”, उनले भने ।

मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजरगरी मधेस प्रदेश राजधानी जनकपुरधाम, वीरगञ्ज र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताए । उनले एघारौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने विश्वास दिलाए ।

त्यस अवसरमा बोदेबरसाइन नगर बजार व्यापार सङ्घका पदाधिकारीले मन्त्री तैजुलाल चौधरीलाई स्वागत गर्दै बजारको विकासका लागि भन्सार कार्यालय स्थापना, कबडहल र राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापनाका लागि आग्रह गरेका थिए ।

मन्त्री चौधरी सप्तरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा सांसद बनेका हुन् ।

तेजुलाल चौधरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय