+

पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

२०८१ भदौ  १९ गते ८:५६ २०८१ भदौ १९ गते ८:५६
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भदौ, काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ ।

त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।

परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

 

पलेशा गोवर्द्धन
लेखक
आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय