+
+

नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते ११:२९

१९ भदौ, महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बुधबार महेन्द्रनगर स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने विश्वास व्यक्त गरे ।

‘अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।’ उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने धारण व्यक्त गरे । पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक वसन्त कुँवरले नागरिकलाई गुणस्तरीय सेवा दिने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । ‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन’, उनले भने, ‘यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’

२०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग १३ करोड २६ लाख रुपैयाँमा भवन बनाउन ठेक्का सम्झौता भएको भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?