+
+

तीन दिनदेखि सुनको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते ११:४०

१९ भदौ, काठमाडौं । विगत तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनदेखि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपालमा पनि मूल्य स्थिर रहेको हो । भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको थियो ।

चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १७५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?