+
+

अर्घाखाँचीमा छहरे खोलामा बगेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १२:१४

१९ भदौ, काठमाडौं। अर्घाखाँचीको शीतगंगा नगरपालिका १४ स्थित छहरे खोलाले बगाउँदा वेपत्ता भएका दुई युवक मृत फेला परेका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का २३ वर्षीय उमेश पौडेल र सोही पालिकाकै वडा नं. ८ का २२ वर्षीय किशोर रास्कोटी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर दिपेन्द्र रावलले जानकारी दिए ।

उनका अनुसार एकजनाको शव करिब पाँच सय मिटर तल र एक जनाको शव करिब एक किलोमिटर तल फेला परेको थियो ।

मंगलबार दिउँसो करिब दुई बजेतिर नुहाउन भनेर छहरे खोलाको झरनामा पुगेका चार जनामध्ये दुई जनालाई एक्कासी आएको बाढीले बगाएको थियो । अरु दुई जना भने छेउँमा रहेकाले भागेर ज्यान जोगाउन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?