+
+

‘राम्रा ब्यानरले अफर गरे पहिलो प्राथमिकता नेपाली फिल्मलाई’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १२:२१

काठमाडौं । अभिनेता बुवा विराज भट्टको विरासत पछ्याउँदै छोरा समीर भट्ट ‘१२ गाउँ’बाट डेब्यु तयारीमा छन् । उनको पहिलो चुनौती हुनेछ– एक्सन स्टार बुवा विराजको छविबाट मुक्त हुँदै आफ्नै सिनेम्याटिक पहिचान निर्माण गर्नु ।

दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको उक्त फिल्मले समीरको फिल्मी पदचाप निर्माण गर्ने अपेक्षा छ । भीएफवाई टक्सको पछिल्लो संस्करणमा कुराकानी गर्दै समीरले आफ्नो फिल्म संघर्ष, योजना र डेब्यु अनुभवबारे चर्चा गरेका छन् । सम्भवतः यो उनको पहिलो अन्तर्वार्ता रहेको बताइएको छ ।

उक्त अन्तर्वार्तामा उनले आफू कोहीसँग प्रतिस्पर्धा गर्न नआएको भन्दै आफैंले आफूलाई प्रमाणित गर्न चाहेको बताएका छन् । ‘म आफूलाई प्रुभ गर्न चाहन्छु, मेरो प्रतिस्पर्धा अन्य कोहीसँग होइन,’ उनले भने ।

समीरले बुवा विराज आफ्नो गुरु रहेको बताए । ‘मेरो बुवा नै मेरो गुरु हुनुहुन्छ । उहाँको बाटो नै मैले फलो गर्दैछु’ उनले भने, ‘आजसम्म मेरो बुवाले मेरो लागि लगानी गर्नुभयो । अब म नेपाली फिल्मका लागि केही गर्न चाहन्छु ।’

सुरुमा यो फिल्ममा विराजले नै अभिनय गर्ने योजना रहेपनि स्क्रिप्ट राम्रो बनेपछि आफूलाई मुम्बईबाट नेपाल बोलाइएको पनि समीरले बताए ।

आफ्नो डेब्यु फिल्म ‘१२ गाउँ’ दुईवटा क्यारेक्टर बराबरको फिल्म भएको तर्क उनले गरे । उनले आफ्नो अभिनय कोर्स मुम्बईबाट सुरु भएको बताए । नेपाली मौलिक फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने आफ्नो उद्देश्य रहेको उनले बताए ।

दोस्रो फिल्मको रुपमा समीरले एक्सन एक्सन–पलिटिकल ड्रामा ‘बलिदान’मा काम गर्दैछन् । उनले अब अभिनय करिअरलाई नै निरन्तरता दिने बताए । ‘बलिदानपछि राम्रो ब्यानरले अफर गरे पहिलो प्राथमिकता नेपाली फिल्मलाई दिन्छु’ उनी भन्छन्, ‘अहिले पनि बलिउड र साउथमा पनि एकैपटक संघर्ष गरिराखेको छु । कुरा भइराखेको छ । कन्फर्म छैन ।’

‘बलिदान’पछि राम्रो फिल्म पाए नेपालमै बस्ने नत्र भारत जाने उनको योजना छ । भीएफवाई टक्सको नयाँ संस्करणका लागि अभिनेता राजेश हमाल बुधबार भारतको गोवातर्फ उडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?