+
+

इजरायलमा आक्रमणको आरोपमा हमासका नेताहरुविरुद्ध अमेरिकाले चलायो मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १२:५७
फाइल फोटो ।

१९ भदौ, काठमाडौं । ११ महिनाअघि इजरायलमाथि आक्रमण गरेको हमास नेता याह्या सिनवारसहितका नेताहरुविरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको छ ।

अमेरिकी न्याय विभागले भनेको छ, हमासका ६ नेताहरुविरुद्ध मुद्दा चलाइएको हो । हमासका नेताहरुमाथि अमेरिकी नेताहरुको हत्या, आतंकवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका उजुरी छ ।
अमेरिकाले मुद्दा चलाएका नेताहरुमध्ये तीन जनाको हवाई हमलामा मृत्यु भइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको मृत्यु भइसकेको छ । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ ।

अमेरिकाको न्याय विभागले भनेको छ, ‘यो हमासबाट भएका हमलामा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने पहिलो प्रयास हो ।’

बीबीसीका अनुसार हमास नेताहरुमाथिका मुद्दा एक दशक अगाडि र गत वर्ष अक्टुबरमा दक्षिण इजरायलमा गरिएका हमलामा घटनासँग सम्बन्धित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?