+
+

दयाहाङ अभिनित ‘कार्साङ’ पुस २६ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १२:५७

काठमाडौं । सम्पादनमा रहेको दयाहाङ राई स्टारर पछिल्लो फिल्म ‘कार्साङ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरसँगै निर्माताले प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन् ।

अब यो फिल्म पुस २६ गतेबाट प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य पात्रलाई दर्शाइएको छ, जसमा दयाहाङ र डेब्यु अभिनेत्री सिर्जना निङलेखु छन् ।

दयाहाङ सुरुवाल लगाएर आँगनमा उभिएका छन् । उनको मुड हेर्दा उनले कसैसँग झगडा गरेको देखिन्छ । उनको क्रुद्ध अनुहार हेर्दा लाग्छ उनमा बदलाको भाव प्रष्ट छ ।

छेउमा उनकी श्रीमतीको भूमिकामा सिर्जना छिन् । उनी रोइरहेकी छन् । आँगनमा रक्सी पोखिएको छ । शेर्पा समुदायको कथावस्तु बुनिएको यो फिल्मले माओवादी सशस्त्र द्वन्द्वकालीन कथा पेश गर्छ । जतिबेला माओवादीले रक्सी खान र उत्पादन गर्न गाउँमा रोक लगाएको थियो ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका क्षेत्रमा फिल्म खिचिएको हो । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

फिल्मलाई याम शेर्पाले निर्देशन गरेका हुन् । फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?