+
+

सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएको आरोपमा एकजना नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १३:००

१९ भदौ, काठमाडौं । सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । चितवनको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ भइरहेको र थप विषयहरु पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण सार्वजनिक गर्न नमिल्ने बताए ।

आज १९ भदौमा सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो । पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको आरोप ती युवकमाथि छ ।

गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो । साइबर ब्यूरोसँग समन्वय गरेर अहिले थप छानबिन र पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?