+

साफ महिला च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

२०८१ भदौ  १९ गते १३:०८ २०८१ भदौ १९ गते १३:०८
साफ महिला च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

१९ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको छ ।

जहाँ नेपालले पहिलो खेल दशरथ रंगशालामा भुटानसँग अक्टोबर १८ मा खेल्नेछ । समूह बीमा नेपाल र भुटानसँगै श्रीलंका र माल्दिभ्स पनि छन्।

नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूहको तेस्रो खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ ।

साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ए मा छन् । भारत र पाकिस्तानबीचको पहिलो खेल अक्टोबर १७ मा हुनेछ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल अक्टोबर ३० मा हुनेछ ।

हेर्नुहोस् खेलतालिका

खेलकुद फुटबल साफ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय