+
+

रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको छ : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १३:१९

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको बताएका छन् ।

बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत जंगबहादुर चौहानको सुनुवाइका क्रममा उनले पछिल्लो समय रुसले नेपालमा जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि इच्छा देखाएको तर अप्रत्यक्ष रुपमा आउन चाहिरहेको बताए ।

‘उनीहरु प्रत्यक्ष होइन, अप्रत्यक्ष रुपमा आउन खोजिरहेका छन् । प्रत्यक्ष रुपमा आउने बाटो के होला ?’ प्रस्तावित राजदूतलाई माओवादी उपमहासचिव शर्माको प्रश्न छ ।

नेपालमा विगतमा जुट मिल, चिनी कारखाना रुसी सहयोगमै खुलेको उनले स्मरण गरे ।

सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत जंगबहादुर चौहानले रुस नेपालमा लगानीका लागि इच्छुक रहेको आफ्नो अनुभव रहेको बताए । उनका अनुसार रुसले नेपालसँग के कस्ता क्षेत्रमा सहयोग र समन्वय गर्न सकिन्छ भनेर योजना माग गरिरहेको छ ।

‘रुसले नेपालको जलविद्युतमा लगानी गर्न खोजेको छ । बूढीगण्डकी र तामाकोसीमा प्रस्ताव नै पठाएको थियो । नेपालको रेलमा पनि रुसको चासो छ’, चौहानले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?