+
+

जंगीअड्डामा आज प्रधानसेनापति शर्माको औपचारिक बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १४:२२

१९ भदौ, काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डाले बुधबार प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दैछ ।

प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदैछन् । सैनिक परम्परा अनुसार, शर्मा एक महिना अघिबाटै विदा बसेका थिए भने अशोकराज सिग्देललाई सरकारले नयाँ प्रधानसेनापति नियुक्त गरिसकेको छ ।

नवनियुक्त प्रधानसेनापति सिग्देलको नेतृत्वमा जंगीअड्डाले पाँच दिनपछि निवृत्त हुन लागेका शर्माको बिदाइ गर्दैछ । जंगीअड्डा स्रोतका अनुसार, उनको बिदाइ समारोह आर्मी अफिसर्स क्लबमा राखिएको छ ।

समारोहमा उच्च सैनिक अधिकारीहरु, पूर्वउच्च सैनिक अधिकारीसहित नागरिक समाजबाट समेत केहीको उपस्थिति हुने जनाइएको छ । सोही अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्माको पनि विदाइ हुनेछ ।

नेपाली सेनामा ४० वर्ष विताएर सेवा निवृत्त हुन लागेका शर्मा ब्राह्मण जातिबाट सेना प्रमुख हुने पहिलो अधिकारी समेत हुन् । प्रधानसेनापतिका रुपमा उनको कार्यकालमा भने सेना खासै नयाँ गतिविधिहरु भएनन् ।

उनले आफ्ना पूर्ववर्तीले सुरु गरेको तीन जोड एक कमाण्ड संरचना, सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति लगायतलाई नेतृत्व सम्हालेलगत्तै खारेज गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?